राजीनामा दिनुपर्छ भन्ने छैन – शिक्षामन्त्री श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १ २०७७
4.6K
SHARES

१ चैत काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले भन्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन्।

काभ्रेपलाञ्चोक पुगेर शनिबार उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल सुरू भएको बताए।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर उनको छ। – रासस