साइबर स्यालहरु अझै ज्युँदै रहेछन् – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७
6.7K
SHARES

४ चैत काठमाडौं।एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले पार्टी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताए।

नेता नेपाल कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए। अहिले पार्टीभित्र यस्तो अवस्था आउनुमा एक मात्र जिम्मेवार अध्यक्ष केपी शर्मा ओली रहेको बताए। उनले पार्टीमा अझै पनि साइबर स्यालहरु ज्युँदै रहेको बताए।

नेता नेपालले भने, ‘साइबर स्यालहरु अझै ज्युँदै रहेछन् । अहिले पनि बाँचेका छन्। नेकपा हुँदा मात्रै होलान् भनेको एमाले पुनर्जिवनपछि पनि ज्युँदै रहेछन्। साइबर स्यालदेखि होसियार।’