महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
6.3K
SHARES

६ चैत काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मन्त्रिपरिषदको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् ।

झापा निवासी उनी प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका थिए । खरेलले अब हुने निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

महान्याधिवक्ता खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा उक्त कदमको प्रतिरक्षा गरेका थिए ।