ओली माले भए हुन्छ – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
2.3K
SHARES

६ चैत काठमाडौं ।  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली वास्तविक एमाले नभएको आरोप लगाएका छन ।

उनले एमाले स्थापनामा ओलीको भूमिका नभएको भन्दै ओलीलाई नक्कली एमालेको संज्ञा दिएका छन । अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘केपी ओली एमाले होइन, माले भए हुन्छ ।’

ओलीको घमण्डले देशमा धेरै संकट आइरहेको भन्दै उनले ओली सिद्धान्तनिष्ट हुन नसकेको आरोप लगाएका छन ।