जालझेल बाहेक ओलीले केही जाँन्दैनन् – नेता गौतम


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
7.5K
SHARES

६ चैत काठमाडौं। अब एमालेका नेता वामदेव गौतमले एमालेभित्र एकता कायम गर्न भूमिका खेल्ने बताएका बताएका छन्।

आज ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले नेकपामा विवाद हुँदा पनि आफू एकताको पक्षमा उभिएको भन्दै अब पनि एमालेभित्र एकता कायम गर्न भूमिका खेल्ने बताएका हुन्।

गौतमले ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको आरोप लगाए। अध्यक्ष ओली र प्रचण्ड दुबैको आलोचना गर्दै नेता गौतमले माओवादी केन्द्रमा नेता भनेकै प्रचण्ड र संगठन भनेकै प्रचण्डको स्थिति रहेको दावी गरे।