भोलीको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने – नेपल पक्ष
६ चैत काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने भएको छ ।
आज बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरेको भन्दै नेपाल पक्षले उक्त दिनको निर्णय खारेज नभएसम्म ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताएका छन्।