कसैलाई पनि संविधानको उल्लंघन गर्ने छुट छैन – मन्त्री ज्ञवाली
६ चैत काठमाडौं । आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको उल्लंघन गर्ने छुट कसैलाई नभएको बताएका छन ।
प्रतिनिधिसभाको बैठकमा आज बोल्दै मन्त्री ज्ञवालीले संविधानप्रति सबै दलको साझा धारणा रहे पनि कार्यान्वयनमा फरक बुझाई भइरहेको बताए ।
उनले संविधान जारी भइसकेपछि सिके राउत समूहलाई र पछिल्लो समय विप्लब चन्द नेतृत्वको नेकपा माओवादीलाई शान्तिपूर्ण मूलप्रवाहमा ल्याउने काम भएको बताए ।
उनले भने, ‘कानुनको दायराभित्र आपसमा मतभेद हुनु लोकतन्त्रमा छुट छ तर संविधानको उल्लंघन गर्ने छुट कसैलाई छैन ।’