बालुवाटारको बैठकमा वामदेव सहभागी


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
2.9K
SHARES

७ चैत काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक सुरु भएको छ। शनिबार विहान साढे १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भनिएको बैठक केही ढीलो गरी सुरु भएको सांसद महेश बस्नेतले जानकारी दिए।

यस्तै आजको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्। पार्टी भित्रको विवादलाई अलग धारबाट चिहाइरहेका नेता गौतमको अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका हुन्। यसअघि नेता गौतम ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन्।