मलाई ह्वीप लाग्दैन – उपाध्यक्ष गौतम


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
5.6K
SHARES

७ चैत काठमाडौं । आज एमालेका  उपाध्यक्ष बाममदेव गौतमले आफूलाई संसदीय दलको ह्वीप नलाग्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा पुगेका गौतमले आफू राष्ट्रपतिबाट चुनिएकाले दलको ह्वीप नलाग्ने बताए ।

‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ । संसदीय दलको बैठकमा मलाई नबोलाए पनि हुन्छ भन्ने लागेको हो । मलाई ह्वीप लाग्दैन भन्ने मेरो बुझाइ हो । तथापि, म दलको निर्देशन भन्दा बाहिर जान्न’, गौतमले भने ।गौतमले आफू संसद् विघटन र अविश्वासको प्रस्ताव कतैपनि नलागी पार्टी एकता जोगाउन लागिपरेको बताए ।