हामी छुट्टिदैनौं , ओलीसँगको ४८ वर्षको माया प्रिती छ – नेता नेपाल
७ चैत काठमाडौं। आज एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग टािढएर समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका छन्।
आफू निकट युवा संघको भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरुसँगै जाने पक्षमा रहेको बताएका छन्।उनले भनेका छन्, ‘केपी ओलीसँगको मेरो मायाप्रिती ४८, ४९ वर्षको भइसक्यो थाहा छ।’ उनले यति लामो मायाप्रिती एकरातमा नछुट्नेसमेत बताए।
अहिले माधव समूह र ओली समूह एकअर्काप्रति आक्रामक र समानान्तर गतिविधिमा सक्रिय हुँदा पार्टी विभाजनतर्फ गइरहेको विश्लेषण भइरहेका बेला वरिष्ठ नेता नेपालले नछुट्टिने बताएका हुन्।