मैले ओलीका अगाडि आत्मसमर्पण गरेको छैन – उपाध्यक्ष गौतम
७ चैत काठमाडौ । आज एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली अगाडि आफूले आत्मसमर्पण नगरेको स्पष्ट पारेका छन्।
सचिवालयमार्फत एक प्रेस नोट जारी गर्दै गौतमले केपी ओली पार्टी अध्यक्ष रहे पनि उनका कार्यशैली गलत भएको बताएका छन्।
‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन। तर, उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन’, उनले भने।पार्टीभित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन,’ उनले भने, ‘फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन। त्यसले गरेका निर्णय फिर्ता लिनैपर्छ।’
आफू अहिले पनि पार्टी एकताको पक्षमा नै रहेको भन्दै उद्देश्य पूरा नहुँदासम्म अभियान जारी राख्ने उल्लेख गरेका छन्। म पार्टी एकता राष्ट्रिय अभियानमा छु। उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने छु ।