अब ओलीले स्पष्टीकरण दिनुपर्छ – नेता रावल
८ चैत काठमाडौं। आज एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्। नेता रावलले आफूसहितका नेतालाई कारबाहीका लागि स्पष्टिकरण सोध्ने निर्णय अवैध र हास्यास्पद रहेको पनि टिप्पणी गरे।
ओली पक्षको बैठकले शनिबार रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता माधव नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
नेता रावलले यो निर्णय ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको द्योतक रहेको दाबी गरे।