जस्तोसुकै परिस्थिति बेहोर्छौं, तर स्पष्टीकरण दिँदैनौं – नेपाल पक्ष


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७
15.8K
SHARES

९ चैत कठमाडौं।पार्टीबाट स्पष्टीकरण सोधिएका नेकपा एमालेका पाँच जना नेताले जवाफ नदिने भएका छन्। एमालेको नवौं महाधिवेशनबाट पारित विधानलाई मिचेर अवैधरुपमा गठन गरिएको केन्द्रीय समितिको निर्णय स्वीकार गर्न नसकिने निष्कर्षसहित नेपाल पक्षले स्पष्टीकरण नदिने अडान लिएका हुन्। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शनिवार बसेको केन्द्रीय समितिको बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई प्रष्टीकरण सोध्ने निर्णय गरेको थियो।

उनीहरूमाथि गुटगत भेला गरेर पार्टी विरोधी गतिविधि गरेको आरोप लगाइएको छ। तर उनीहरूले बरु कारबाही भोग्ने, स्पष्टीकरण नदिने अडान लिएका हुन्। स्पष्टीकरण सोधिएकामध्ये प्रभावशाली नेता उपाध्यक्ष रावलले कारबाही भोग्न तयार भएको बताएका छन्।