नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७
5.8K
SHARES

९ चैत काठमाडौं । पछिल्लो समय  २४ घन्टामा १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ४ सय ७२ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ५० जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । यीमध्ये १ हजार १७ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ९९ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९९ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार २० जना पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाभित्र ३ जनको कोरोनाबाट मृत्यु भएको छ । थपिएका ३ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ जना पुगेको छ ।

मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दो क्रममा देखिएको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै नेपामा संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी सेमिनार, बैठक भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्न आग्रह गरेको हो ।