भिक माग्ने राजनीतिक ब्यवस्थाको अन्त्य हुनुपर्छ – विपल्व
१२ चैत कांठमाडौ । अहिले मुलुकको राजनीतिक बृतमा बैकल्पिक शक्तिको रुपमा स्थापित नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले बिदेशी शक्ति सामु निर्लज्ज ढंगले नाक रगडेर भिक माग्ने राजनीतिक ब्यवस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवाद ल्याउने घोषणा गरेकाछन ।
उनले जनताको भावना, चाहना र आवस्यकता नेतृत्व आफ्नो पार्टीले निरन्तर गर्ने बताएका छन । महासचिव विप्लवले लडाइँ नभएको बेलामा हतियारको कुरा गर्नु अराजनीतिक र गैर जिम्मेवार अभिव्यक्ति भएको समेत बताएकाछन ।
महासचिव विप्लवले अहिले मुलुकको समस्याको हल गर्नका लागि कुनै एक पात्रको अदलीबदलीले संभावना नभएको प्रष्टाएकाछन । उनले यसको मुल कारण कुनै पात्र अर्थात ब्यक्ति नभएर ब्यवस्थाको उपज भएको बलशाली तर्क गरेकाछन । बिभिन्न समयमा गरी ४० वर्षे देखी अभ्यास गर्दै आएको यो दलाल पुजीवादी ब्यवस्थाको पुरानो मेसिनरी रहेसम्म यस्तै चलिरहने भएकोले त्यो मेसिनरी नै फालिदिनु पर्ने धारणा राखेकाछन ।