निर्णय सच्याउनेमा विश्वस्त छौं – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०७७
16.9K
SHARES

१७ चैत काठमाडौं। आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले नेकपाको एकता बदर गर्ने फैसला चाँडै पुनरावलोकन गर्ने विश्वास व्यक्त गरेका छन्।

एमाले र माओवादी ब्युँताउने फैसलाविरुद्ध न्यायिक पुनरावलोकन गरेर फर्किने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अदालतले उक्त निर्णय सच्याउनेमा आफूहरु विश्वास्त रहेको बताए।

प्रचण्डले राजनीतिक स्थायित्वको लागि पनि अदालतले चाँडो यसको पुनरावलोकन गर्नुपर्ने बताए। उनले भने, ‘विगतमा पनि यस्ता मुद्दा पुनरावलोकन भएका छन्। एकताबद्ध भइसकेका दलहरुलाई विभाजित गर्ने फैसला सर्वोच्च अदालतले सच्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं।’

रिट निवेदकले नै पार्टी एकता टुटोस् भन्ने मनासयले निवेदन दर्ता नगरेकोले सर्वोच्चको फैसला रिट निवेदकको चाहनाभन्दा बाहिरबाट आएको प्रचण्डको भनाई छ।