हामीले गुटको राजनीति गर्न हुँदैन – नेतृ शाक्य
१८ चैत काठमाडौ ।आज एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकि छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेतृ शाक्यले अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन्।
उनले भनिन् ‘तपाई हाम्रै कारणले गर्दाखेरी हामी भित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं। कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफैँ आफैँ लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं।हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन।’