माओवादी केन्द्रले समर्थन फिर्ता लिने


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १८ २०७७
3.7K
SHARES

१८ चैत विराटनगर । आज प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताएका छन ।

माओवादी केन्द्रले गत पुस १२ गते दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिने भएको छ ।

‘फागुन २३ गतेको सर्वोच्चको फैसलापछि परिस्थिति बेग्लै बनेको छ, संसद बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं,’ आङ्बोले भने ‘अविश्वासको प्रस्ताव बैठकबाटै फिर्ता हुन्छ ।