समानान्तर गतिविधि गर्न पाइँदैन, अर्को पार्टी खोले हुन्छ – प्रवक्ता ज्ञवाली


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १८ २०७७
9.3K
SHARES

१८ चैत काठमाडौं ।आज एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुराकानीमा  ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए ।

उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह गरे ।उनले थपे, ‘तपाईं जुन ठाउँमा हुनुहुन्छ त्यसलाई बलियो बनाउनुस् । चित्त बुझ्दैन, अट्नै नसक्ने निश्कर्षमा पुगेको हो भने त्यसमा जबर्जस्ती गर्ने कुरा पनि केही छैन ।