ओलीसँग कुनैपनि सम्झौता हुदैन – नेता नेपाल
१८ चैत काठमाडौं ।एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली एण्ड कम्पनीले आफूमाथि गरेको कार्बाहीको कुनै अर्थ नभएको बताएका छन् ।
युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’
उनले उनले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारे । ०७५ जेठा भन्दा पहिलेको बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी छ नेपालले भने ।