प्रचण्डसग गठबन्धन गरेर अघि बढ्छुँ – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०७७
14.1K
SHARES

१९ चैत पोखरा।आज  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फागुन २८ गतेको पार्टीको निर्णय फिर्ता लिए विगतका सबै कुरा बिर्सिन तयार रहेको बताएका छन्। आफु निकट समुहको विहीबार पोखरामा भएको जिल्लास्तरीय भेलामा नेपालले पार्टीको नाममा बैठकको निर्णय खारेज गरे आफूहरु पुराना कुरा बिर्सिन तयार रहेको बताए।

‘त्यो बैठक अवैधानिक थियो भनेर स्वीकार्नु पर्‍यो,’ उनले भने, ‘त्यो निर्णय खारेज गरेर सर्वोच्चको फैसला अनुसार २०७५ जेठ २ गतेमा फर्किन्छन् भने हामी फेरि नयाँ ढंगले जान तयार छौं।’ तर अध्यक्ष केपी शर्मा ओली मान्न तयार हुन्छन् जस्तो आफूलाई नलागेको उनले बताए।

ओलीले अहिले आफूलाई असुरक्षित महसुस गरेको, प्रधानमन्त्री र अध्यक्ष पद गइहाल्छ कि भन्ने रहेको उनको भनाई छ। ‘ओलीलाई देश र जनताको चिन्ता छैन, केवल अध्यक्ष र प्रधानमन्त्री पद जान्छ कि भन्ने चिन्ता छ।’ नेपालले केपी ओली जाली नम्बर १ भएको टिप्पणी गरे।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले केपी ओली अहिले पार्टी भत्काउन लागिपरेको आरोप लगाए। त्यहि भएर उनले अहिले विधि, विधान पालना नगर्ने गरेको भन्दै उनले थपे, ‘किनभने उनलाई कम्युनिष्ट पार्टी बनाउनु छैन। कम्युनिष्ट पार्टीलाई कम्पनी र गुटको रुपमा चलाउन चाहन्छन्।’ केपी ओलीले कम्युनिष्ट पार्टी सिध्याउन नसक्ने र सिध्याउन नदिनेपनि उनले दृढता व्यक्त गरे। त्यसका लागि प्रचण्ड, वैद्य, मोहनविक्रम सिंह लगायतसँग गठबन्धन गरेर अगाडि बढ्ने उनले बताए।