पाण्डे र भुसाललाई ६ महिनाको लागि निलम्बन
१९ चैत काठमाडौं । एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ ।
नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमाले केन्द्रीय समितिले गत चैत्र ८ गते चार नेतामाथि स्पस्टीकरण सोधेको थियो ।
पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जबाफ दिएका थिएनन् । फेरि उनीहरुमाथि १६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।
उनीहरुले त्यसको जबाफ १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।