नयाँ पार्टी खोल्दै नेपाल , के होला नाम र चिन्ह ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७
25.6K
SHARES

२० चैत काठमाडौ ।  एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन्।केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको हो।

नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिएका छन्।नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने घोषणा गरे।

नेपालले चाँडै पार्टी खोल्ने निश्चित भएको छ। नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागेको बताएका हुन्।खनाल–नेपाल समूहले चालेका कदमलाई हेर्दा खनाल–नेपाल समूह भिन्दै पार्टी गठनको तयारीमा रहेको बुझ्न सकिन्छ।