सरकार पूरै अवधि रहन्छ – मन्त्री ढकाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७
3.7K
SHARES

२० चैत काठमाडौ । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकार ढाल्ने चलखेल भए मुलुक तुरुन्त निर्वाचनमा जाने बताएका छन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका मन्त्री ढकालले आज आफ्नो निर्वाचन क्षेत्रको पथरी शनिश्चरेमा आयोजित ६४ औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले एमाले नेतृत्वकै सरकार पूरै अवधि टिकिरहने दाबीसमेत गरे। मन्त्री ढकालले अर्को आवधिक निर्वाचन नहुन्जेलसम्म एमाले नेतृत्वकै सरकारले नीति कार्यक्रम सञ्चालन गरिरहने बताए।