विकास विरोधीहरूले कानमा कपास र आँखामाट साउने चश्मा लगाए हुन्छ – नेता बास्कोटा


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७
5.9K
SHARES

काठमाडौं । आज पूर्व सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बास्कोटाले देश विकासको गतिमा लम्किएका बेला विरोधीहरू ऐँठन भएको बताएका छन् । विकास देख्न र सुन्न नचाहनेहरुलाई कानमा कपास र आँखामा कालो चश्मा लगाउन उनले सुझाव दिए ।

संसद बैठकमा आज आज सम्बोधन लिएर बोल्ने क्रममा बास्कोटाले केपी ओलीको सरकारले देशको बहुआयामिक विकासका एजेन्डालाई अघि सारेको बताए ।उनले भने, ‘ओलीको सरकार बन्नुसम्म देश केवल राजनीतिमा मात्रै केन्द्रित थियो । विकास-निर्माण र राष्ट्रिय स्वाधिनताका विषयहरु सरकारका प्राथमिकता वा राष्ट्रिय एजेन्डामा पर्ने गरेका थिएनन् ।

विकासको एजेन्डा खोज्ने साथीहरू पनि त्यही बोलीमा लोली मिलाएर केही पनि भएन भन्ने ? मेलम्ची आएन ? धरहरा बनेन ? रानीपोखरी बनेन ? केही पनि देख्न, हेर्न र सुन्न सकिन्न भने कानमा रुवा, आँखामा साउने चश्मा लगाउनुस, टन्टै साफ ।’

‘प्रधानमन्त्रीले अगाडि सारेका विभिन्न पञ्चवर्षीय योजनाहरु अघि बढेको देखेर कसैको प्रेसर बढेको छ भने यो प्रेसर थप बढ्ने बाला छ । जनतालाई विकास चाहिएको छ ।