ओलीसँग नैतिकता भन्ने छैन – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८
4.1K
SHARES

४ चैत वैशाख ।आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग नैतिकताको विचलन देखिएको बताएका छन्।

निकट शिक्षक संगठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो प्रदेश परिषदको ललितपुरमा उद्घाटन गर्दै शनिबार दाहालले भने, ‘विचलनमा गइसकेको हुनाले केपी ओलीसँग नैतिकता भन्ने छैन, भैंसीको अगाडि बिन बजाएजस्तो कुनै अर्थ छैन।’

ओलीसँग राजनीतिक नैतिकता, परम्परा, संवैधानिक मूल्य, मान्यता केही पनि नरहेको उनले बताए। जाली-फटाहाले काठमाडौंमा ‘प्रचण्ड सकियो’ भन्दै दिग्भ्रमित पार्ने षडयन्त्र गरेको उनले बताए।

‘कतिपय मानिसहरू उता गए। फकाउन मन लाग्न छोडेको छ। जाउन् जस्तो के। यत्रो यतिहास, विरासत, क्रान्तिकारी इज्जत-प्रतिष्ठा भएको मानिस सबै छोडेर प्रतिगमनको पछि लाग्छन् भने सम्झाउनु मुर्खता हो,’ उनले भने।