फ्लोर क्रस गर्ने तीन जनाले आज मन्त्री पदको सफत लिदै


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८
14K
SHARES

५ वैशाख सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीहरुले आज पद तथा गेपनीयताको सपथ लिंदैछन । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार नेकपा एमालेको माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएपछि उनीहरुले उपहारको रुपमा मन्त्री पद पाएका हुन्। पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा एमालेले तीनैजनालाई कारबाही गरिसकेको छ।

मुख्य मन्त्री शाही मन्त्री नियुक्त गरेका तीनैजनालाई एमालेले पार्टी र प्रदेश सांसद पदबाट हटाएको हो । एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।