ओलीले मलाई कारवाही गर्न सक्दैनन् – नेता रावल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १६ २०७८
6.4K
SHARES
१६ वैशाख काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्नै नसक्ने दावी गरेका छन् ।
नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेता रावलले आफूलाई कारवाही गर्न ओलीको कुनै सामर्थ्य नरहेको बताएका हुन् ।
उनले ओलीले पार्टी विधान विपरितका क्रियाकलाप गरेकाले त्यो नरोकिएसम्म आफूहरुको अभियान जारी रहने बताए ।नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको समेत बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट