माधव नेपाल राष्ट्रपति भेट्न शीतल निवासमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
5.8K
SHARES

२३ वैशाख काठमाडौ । अहिले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भर्खरै राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि उनी सिधै शीतल निवास पुगेका हुन्।

साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफल गरेका थिए। उनको दौडधुपलाई अर्थपूर्ण रुपमा लिईएको छ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियाे।

बिहीबार साँझ नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेका हुन्। उनीहरुबीच करिब एक घण्टा बढी छलफल भएको थियो।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो।  बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षले देउवासँग भेटवार्ता गरेको हो। प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ।