कुनै सहमति ओलीसंग भएको छैन – नेता नेपाल
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत त्यसका लागि वार्ता र लचकता अपनाउने पनि बताएका छन् ।
०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र ०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटमलाइन भएको उनको आग्रह छ ।
“हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौँ । किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौँ । तर, अहिले्सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौँ,” उनले भनेका छन् ।