मेरो जित सुनिश्चित छ – नेता बादल
२४ वैशाख काठमाडौ । आज नेपाल सरकारका गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।
आगामी ६ गते हुने उपनिर्वाचनका लागि हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दर्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘अहिलेको चुनावमा कूल ९ हजार ५ सय ६४ मतमध्ये हाम्रो पार्टीको पाँच हजार एक सय ३० मत छ, यो मतले के स्पष्ट देखाउँछ भने यो निर्वाचनमा मेरो जित सुनिश्चित छ । सबै मत मलाई नै आउँछ ।