जस्तोसुकै जोखिम मोल्ल तयार छौं, उधारो सम्झौता हुदैन – नेतृ झाँक्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
6.3K
SHARES

२४ वैशाख काठमाडौँ । एमाले माधव कुमार नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले पार्टीको विवाद मिलाउने क्रममा उधारो सम्झौता गर्न नसक्ने स्पष्ट पारेकी छिन । आज सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएकोले उधारो सम्झौता गर्न नसकिने बताईन  ।

‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन।’ उनले भनिन्  ।

जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने भन्दै उनले आफूहरु जोखिम मोल्न तयार भएको सन्देश समेत दिएकी छिन ।

युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ, उनले भनिन् ।