नेपाल समूह पार्टी भत्काउन लाग्नु भएको छ – नेता नेम्वाङ


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २६ २०७८
2.2K
SHARES

२६ वैशाख काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरू पार्टी बनाउन लागेको माधव नेपाल समूह पार्टी भत्काउन लागेको बताउनुभएको छ । नेता नेम्वाङले पार्टी भत्काउने उहाँहरूको प्रयास धेरै पहिलादेखि कै भएको बताउनुभयो ।

‘हामी निरन्तर छलफल र वार्ताबाट समस्याको समाधान खोज्न लागेका छौँ । माधव कमरेड वातावरणलाई बिग्रान लागि पर्नु भएको छ,’ नेम्वाङले भन्नुभयो, ‘सहमतिका लागि हामीले छलफल गर्दैगर्दा उहाँले फेसुबकमा के-के लेख्नुभयो तपाईंहरूलाई थाहै छ ।’

आफूहरूले सहमतिको प्रयास जारी राख्दै गर्दा पनि नेपालले यो वार्ता काम लाग्दैन, छलफलको अर्थ छैन भनेर निरुत्साहित पारिरहेको नेम्वाङको भनाइ छ ।