जसपाले ओलीलाई विश्वासको मत नदिने


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २६ २०७८
2.5K
SHARES

२५ वैशाख काठमाडौं।अब  जनता समाजवादी पार्टी (जसपा)ले भोलि सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। तर जसपाले विश्वासको मतको प्रक्रियामा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने भएको छ। आज बसेको पदाधिकारी बैठकबारे जानकारी दिँदै अध्यक्ष उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय सर्वसम्मत भयो। तर, उसको विरुद्धमा हाल्ने वा भोट नै नहाल्ने चाहिँ सांसदको इच्छा हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको संसद् बैठकमा विश्वासको मत लिँदैछन्। त्यो बैठकमा जसपाले ह्वीप नलगाउने निर्णय गरेको हो। जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गर्दै तटस्थ बस्ने बताएका थिए। पार्टी एकता जोगाउनुपर्ने भएकाले विश्वासको मत दिन नसकिने उनीहरूको भनाइ थियो।