अब ओलीलाई हटाउनुको विकल्प छैन – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २६ २०७८
3.1K
SHARES

२६ वैशाख काठमाडौं। आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीसँग सती जना एकता नगरिएको बताएका छन्।

अखिल भारत नेपाली एकता समाजले आइतबार आयोजना गरेको ‘भर्चुअल’ अन्तर्क्रियामा प्रचण्डले बृहत् कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न एकता गरिएको बताए। आफूले एमालेसँग एकता गरेर गल्ती नगरेको उनले बताए।

प्रचण्डले अब माओवादी ब्युँतिएपछि त्यसैलाई संगठित गरेर जानुपर्नेमा जोड दिए।प्रचण्डले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई छिटो बिदा गर्नुको विकल्प नभएको बताए।