गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २६ २०७८
3.7K
SHARES

२६ वैशाख पोखरा । आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिएका छन ।