नेपालको ६ बुँदे पत्रलाई ओली पक्षले यसरी दिए प्रतिक्रिया
२७ वैशाख काठमाडौं । आज सत्तारूढ नेकपा (एमाले) को पार्टी जीवनमा निम्ति आज कठिन र कष्टसाध्य दिन बनेको छ ।
पार्टीका नेता माधवकुमार नेपालले ६ बुँदे शर्त मानेमात्रै विश्वासको मत हाल्ने वातावरण बन्ने अन्यथा राजीनामाको बाटो छिचोल्न बाध्य हुने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहले ‘नधम्क्याउन’ भनेको छ ।
“मध्यरात प्रधानमन्त्रीलाई सम्बोधन गरेर एकताका लागि पहल गरेको भान पार्न भावुक पत्र सार्वजनिक गर्ने, अर्कोतिर सांसदहरूलाई फोन गरेर, ओलीको अहम् ढाल्नुपर्ने भयो, आउनुस् राजीनामाको पक्षमा उभिनुस् भनेर हारगुहार पनि गर्ने, यस्तो काइदा पो देखियो,” ओली पक्षका एक नेताले भने ।