कांग्रेसलाई नेता बस्नेतले दिए यस्तो संज्ञा
२८ वैशाख काठमाडौं । एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)लगायत दलको आलोचना गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत बस्नेतले ‘विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरुका नौटंकी देखिँदै छ’ भन्दै टिप्पणी गरेका हुन् ।
यस्तो छ उनको टिप्पणी
१) ७१ बर्ष पछाडी कम्युनिष्टहरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चडाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो ।
२) जनताको प्यारो पार्टी फुटाएर भएपनी उग्रवामपन्थी र दक्षिण पंथीको घोडा बन्न तयार माधब नेपालहरुको विधि र अनुशासन पनि देखियो ।
३) बिगतमा सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने काँग्रेस नेताहरुका नौटंकी फेरि देखिदैछ ।
४) पद र पैसा भने पछि जिउज्यान छाड्ने आफू मन्त्री होउनजेल तेही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिएपछि प्रतिगामी , संबिधान संशोधन र मधेसी आन्दोलनका मुद्धामा मतलब छैन कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादबको मधेस मोह पनि हेरियो ।
५) आठओटा पार्टी फेरेर प्रबेश गरेको जसपालाइ फोर्न प्रचण्ड र राम चन्द्रहरुको गोटी बन्ने आफ्नो साँसदहरुलाई एक ठाउमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठापनी देखियो ।
६) राष्ट्रियता जनताको विकास, समृद्धि र कोभिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री केपी ओली नै हो कुनै भ्रममा नपरी हाम्रो पकति अभियान बनाएर लागौं ।
७) श्याल हुँइया गर्नेहरुको भबिष्य छैन। आवस्यक प्रतिरोध गरौं ।