यस्तो निर्णय गर्दै काँग्रेस बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८
3.1K
SHARES

२८ वैशाख काठमाडै । आज नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ।

बैठकपछि एक नेताले जनकारी दिदै माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिमसमयसम्मा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे ।