गद्दारी गर्नेहरूलाई क्षम्य हुन सक्दैन – नेता थापा
२८ वैशाख काठमाडौ । आज नेकपा एमाले नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल समूहलाई सकेको पातको संज्ञा दिएका छन् ।
एमाले अब २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताउँदै उनले अब पार्टी २०७८ जेठ २ तर्फ अघि बढ्ने बताएका हुन् । नेता थापाले माधव नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा दिँदै ती नेताहरुको माग पूरा नहुने प्रष्ट पारेका छन् ।
नेता थापाले सामाजीक संजाल टुईटर मार्फत भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन् चिन्ता नगरौं ।’