नेता नेपाल र मन्त्री विष्णुबीच यस्तो भयो सहमति


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८
9K
SHARES

३० वैशाख काठमाडौं । आज एकाबिहानै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दुत बनेर वरिष्ठ नेता माधव नेपाललाई फकाउन उनकै निवासमा पुगेका विष्णु पौडेल बालुवाटार फर्किएका छन् ।

सोहि योजना अनुरुप बिहानै नेपाल निवासमा पुगेका अर्थमन्त्री पौडेलले राजिनामा नदिन आग्रह गरेका थिए । जवाफमा नेपालले ओलीकै कारणले यस्तो सम्भावना टरेको बताएको स्रोतले दाबी गरेको छ ।

छलफलमा पौडेलले नेता नेपाल ब्याक भएको खण्डमा कारबाही फिर्ता लिन ओलीलाई कन्भिन्स गर्ने समेत बताएका थिए ।नेपाल निवास कोटेश्वरमा केही बेरको कुराकानीपछि पौडेल बालुवाटार फर्किसकेका छन्। उनले त्यहाँ भएका छलफलबारे बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।