माधव पक्ष : माग पुरा नभए सामुहिक राजीनामा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ३१ २०७८
10K
SHARES

३१ वैशाख काठमाडौ । अहिले नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा वार्ता जारी छ। फुटको संघारमा पुगेको भनिएको एमाले संवादमा अघि बढेको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सबै विवाद समाधान गर्नुपर्ने र नभए आफ्ना पक्षका सांसदले सामूहिक राजीनामा दिने प्रष्ट धारणा राख्न कार्यादेश दिइएको एक नेताले बताए।