यस्तो सहमति गर्दै एमाले बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ३१ २०७८
6.9K
SHARES

३१ वैशाख काठमाडौं । आज नेकपा एमालेका शीर्ष नेताहरुबीचको वार्ता भर्खरै सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच लामो समयदेखि देखिएको विवाद अन्त्यको प्रयासस्वरुप दुईपक्षबीच छलफल भएको थियो ।

बैठकले जेठ २ गते अघिका कुरालाई आधार बनाएर छलफल गर्ने कुरा भएको नेताले जानकारी दिए ।त्यसका लागि कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई दिइएको छ ।