मंगल ग्रहमा चिनियाँ रोवरको सफल अवतरण


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८
8.6K
SHARES

१ जेठ  काठमाडौ । चिनियाँ अन्तरिक्ष यान जुरोङ्ग शनिवार मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको छ । यो चीनको अन्तरिक्ष अभियानमा ठूलो सफलता हो।

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमा गरेपछि रोवर मंगल ग्रहमा अवतरण भएको चीनले जनाएको छ ।

यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो । शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने विश्वको दोस्रो देश बनेको हो ।

चिनियाँ रोवरमा ६ वटा चक्का रहेका छन् । सो रोवर मंगल ग्रहको उत्तरी गोलार्धमा स्थिति युटोपिया प्लेनेशियामा गएको हो । मंगल ग्रहमा रोवर अवतरण गर्नु चीनका लागि ठूलो सफलता हो ।