यस कारण पार्टी एकीकरण निष्कर्षमा पुगेन – प्रधानमन्त्री ओली
३ जेठ काठमाडौन। आज नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताएका छन्।मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा सोमबार विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ।
‘एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा एमाले पुनर्स्थापित भएको छ। हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतस्संकल्पित छौं।’
उनले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कार्यान्वयन र विकास गर्दै जाने पनि उल्लेख गरेका छन्।
साथै ओलीले तीन वर्षअघि एमाले र माओवादी एकीकरण गरिएको सम्झँदै प्रचण्डप्रती संकेत गर्दै कतिपय नेताका कारण एकीकरण निश्कर्षमा नपुगेको बताएका छन्।
‘तीन वर्षअगाडि आजकै दिन एमाले र माओवादी एकीकरण गरेका थियौं। विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने त्यो हाम्रो इमान्दार प्रयास थियो,’ ओलीले भनेका छन्, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरण अभियान निष्कर्षमा पुग्न सकेन।’