यस कारण एमाले कार्यदलमा आन्तरिक कलह सुरू , आज पनि बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८
10.6K
SHARES

५ जेठ काठमाडौ । एमालेक विवाद मिलाउन गठित कार्यदलको बैठक आज  पनि सिंहदरबारमा बस्दैछ । आज साँझ  बैठक तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेतृत्व गरिरहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन ।

हिजो बसेको बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो । आजबाट कार्यादेशअनुरूप छलफल आरम्भ हुने नेताहरूले बताएका छन् ।

राष्ट्रियसभाको चुनाबलाई लिएर फेरि कलह सुरू भएको छ ।हिजो कार्यदलले बनाएको आचारसंहिता नेता माधवकुमार नेपालबाटै उल्लंघन भएको ओली पक्षले बताएको छ । नेता नेपालले नै कार्यदल प्रस्ताव गर्नुभएको हो । हिजो कार्यदलमा आचारसंहिता एक मतले पारित गरिएको हो ।

उहाँ विधि, पद्धतिको कुरा उठाउनुहुन्छ । बढ्ता वकालत गर्नुहुन्छ,” कार्यदलका एक सदस्य भन्छन्, “उहाँले नै त्यसो गर्न मिल्छ । मतदातालाई नै स्वविवेकले निर्णय गर्न दिऊँ भन्नु राजनीतिक नै थियो तर, वक्तव्यबाजी किन गर्नुपर्यो ?,” ती सदस्यको प्रश्न छ ।