मार्ग मार्गप्रशस्त भनेको पदत्याग हो – नेता थापा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
5.1K
SHARES

७ जेठ काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मार्ग प्रशस्त भनेको पद त्याग नै भएको सैद्धान्तिक व्याख्या गरेका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा प्रधानमन्त्री ओलीको पछिल्लो कदमलाई पदत्यागकै रूपमा बुझन् भनेका छन् ।

““मार्गप्रशस्त“भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ? बहुमत सदस्यहरू (१३८जना) को समर्थनमा धारा ७६(५) बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त ! के को सारंगी र्‍याइँयाइँ भयो जीवन तिरिमिरी झ्याइँ !”

प्रधानमन्त्री ओलीले बिहीबार विश्वासको मत नपुग्ने भएकाले उपधारा ५ अनुसार सरकार गठन गर्न आह्वान गर्ने निर्णय गरेका थिए ।

त्यहीअनुसार राष्ट्रपतिले बिहीबार साँझै सरकार गठनको आह्वान गरिसकेकी छन् । राष्ट्रपतिले आह्वान गरेको समयसीमा आजै साँझ सकिँदैछ ।