प्रधानमन्त्री विरुद्धमा जाँदैनौँ – अध्यक्ष ठाकुर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
8.7K
SHARES

७ जेठ काछमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आलीसँग भइरहेको छलफलको बारेमा जानकारी गराउन अनौपचारिक रुपमा सांसदहरुसँग छलफल गरेको बताएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्दा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताए । उनले भने, ‘हाम्रो लागि सबै दल फ्रेन्ड्ली नै हुन्, तर हामी प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ ।’