अहिले देउवाको पक्षमा बहुमत जुट्यो – विपक्षी गठबन्धन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
5.9K
SHARES

७ जेठ काठमाडौ । अहिले पक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् ।

काँग्रेस संसदीय दलको कार्यालयमा सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो ।