यो गणतन्त्र खारेज गर्ने प्रपञ्च हो – डा. भट्टराई
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ८ २०७८
3.1K
SHARES
८ जेठ काठमाडौं। आज जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन्। शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि शनिबार बिहान भट्टराईले ट्वीटरमा यसको प्रतिवादमा उत्रिन आह्वान गरेका छन्।
भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू भएको भट्टराईको भनाइ छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट